१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

रिलायन्स सिमेन्टका कर्मचारीको टाउकोमा हेलमेटले हानेर ६ लाख लुटियो

९ असोज, बुटवल । रिलायन्स सिमेन्ट कम्पनीमा कार्यरत १ जना कर्मचारी लुटिएका छन् । बिहीबार दिउँसो भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी लुटिएका हुन् । २ जनाको समूहमा आएका लुटेराले त्रिपाठीको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

सांकेतिक तस्बिर

मोटरसाईकलमा मार्फत रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ जाँदै गर्दा त्रिपाठीलाई २ जनाको समूहले हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर भागेकाे प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार १५:२०