७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

राज्यमन्त्री अर्यालले गरिन् नुवाकोट जिल्ला अस्पताल भवनको शिलान्यास


११ वैशाख, नुवाकोट । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले तीन वर्षअघि गएको भूकम्पबाट क्षति पुगेका जिल्ला अस्पताल त्रिशूली, नुवाकोटको आज शिलान्यास गरिन् । नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लालाई स्वास्थ्य सेवा पुर्याउँदै आएको उक्त अस्पतालको भवन पुनः निर्माणका लागि कोरियन सहयोग नियोग कोइकाले रु २० करोड सहयोग गरेका छन् ।

५० शैयाको जिल्ला अस्पतालको पुनः निर्माण विसं २०७६ फागुनसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । तीन तले उक्त अस्पताल भवनमा १११ कोठा रहने र विपद् प्रतिरोधात्मक हुने स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्रा्ष्ट्रिय सहयोग माहाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा राज्यमन्त्री अर्यालले गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा निर्माण हुने यो भवनले ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै “भूकम्पले क्षति पुगेका संरचना निर्माण गर्ने सरकारको लक्ष्य अन्तिम चरणमा पुगेको छ,”भने ।

“अब बनाइने भवन भूकम्प लगायतका विपद् प्रतिरोधी सहितका बनाएर सुरक्षित स्वास्थ्य संस्था निर्माण गर्न लागेका छौँ, उनले भने ।”

प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले जिल्ला अस्पताल निर्माणका लागि जग्गाको अभाव भएकाले त्यसको व्यवस्थापनमा आफू सक्रिय रहेको बताए ।

नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकले गुणस्तरयुक्त स्वास्थ्य सेवाका लागि कोरिया सरकारको सहयोग निरन्तर रहने बताए ।

अस्पताल भवन भूकम्पले क्षतिग्रत भएपछि जर्मन सहयोग नियोग जिआइजेडले निर्माण गरेको १५ शैया क्षमताको प्रिफ्याबिकेटेड भवनमार्फत सञ्चालन हँुदै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार २०:३७