७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

कर्णाली प्रदेशको पत्रकार महासंघको अध्यक्षमा प्रेस चौतारीका दुर्गा थापा निर्विरोध निर्वाचित


११ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको पत्रकार महासंघको अध्यक्षमा प्रेस चौतारीका दुर्गा थापा निर्विरोध निर्वाचित भएका छन् । तीनै संगठनको केन्द्रीय सहमतिअनुसार प्रदेश संगठनका प्रेस चौतारी, युनियन र सेन्टरका सहमतिका उम्मेदवारविरुद्ध अध्यक्षमा विष्णु शर्मा, टेकबहादुर वली, उपाध्यक्ष धर्मराज जिसी, महासचिवमा सुशील शर्मा, कोषाध्यक्षमा लोकेन्द्र पौडेल र सदस्यमा अकबर खानले उम्मेदवारी दिएका थिए ।

महासंघको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने समयभित्रै उनीहरुले आज दिउँसो ३ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएपछि महासंघको प्रदेश कार्य समिति निर्विरोध निर्वाचित भएको कर्णाली प्रदेश पत्रकार महासंघ निर्वाचन समितिका संयोजक कमलेश डिसीले जानकारी दिए ।

अध्यक्ष थापासँगै महासंघको २१ सदस्यीय प्रदेश कार्य समिति निर्विरोध निवाचित भएको छ । खुला उपाध्यक्षमा प्रेस युनियनका कमल पन्त र समावेशी उपाध्यक्षमा प्रेस सेन्टर डम्बरकुमारी आचार्य, महासचिवमा दीपेन्द्र शर्मा, खुला सचिवमा प्रेस चौतारीका पवित्रकुमार शाही, समावेशी सचिवमा प्रेस सेन्टरका गणेश सिर्पाली र कोषाध्यक्षमा चौतारीका सुरेन्द्र खत्री निर्वाचित भएका छन् ।

त्यसैगरी, खुला सदस्यहरुमा कृष्ण धमला, कृष्ण आचार्य, अशोककुमार सिंह, गोविन्द केसी, नवीनकुमार पौडेल, बिस्नप्रसाद न्यौपाने, गोपाल रेग्मी, मन्दिर सिंह र दानाकुमारी शाही निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी महिला सदस्यमा कृष्णमाया उपाध्याय र छसाल लामा, दलित सदस्यमा गणेश विक, आदिवासी सदस्यमा सन्तोष घर्ती, जनजातिमा श्रीप्रसाद चौधरी निर्वाचित भएको संयोजक डिसीले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार १९:२४