१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

मेगामा गाभिने भयो गण्डकी विकास बैंक

८  असोज, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुवै बैंकको सञ्चालक समितिका सदस्यलगायत प्रमुख कार्यकारी अधिकृतको रोहवरमा आज सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यो प्राप्तिपश्चात् मेगा बैंकको पूँजी, व्यवसायको आकारका साथसाथै ठूलो शाखा भएको ‘क’ वर्गको वाणिज्य बैंकका रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताउनुभयो । गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रियालगायत नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशीघ्र अघि बढाइने उहाँले जानकारी दिनुभयो । असार मसान्त २०७६ को तथ्याङ्कअनुसार दुवै बैंकको संयुक्त निक्षेपको आकार रु एक खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार रु ९८ अर्ब रहेको र हालको शाखा सङ्ख्या १९१ पुगेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार २३:२५