नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर
७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । मंगलबार दिउँसो होटल म्यारिअटमामा समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा दुबै पार्टीका विदेश विभाग प्रमुखले समझदारीमा हस्ताक्षर गरेका छन ।

समझदारीमा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सड ताओले हस्ताक्षर गरेका छन । समझदारीमा उच्चस्तरीय भ्रमण आदान–प्रदान तथा दुई पार्टीवीचको सहयोग, दुबै देशको सम्बन्ध हार्दिक बनाउने र अन्तर्ष्ट्रिय मञ्चहरूमा एकमतका साथ प्रस्तुत हुने लगायतको विषय उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 12:43









