११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर हुँदै, यस्ता छन विषय

७ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)बीच समझदारीपत्रमा हस्ताक्षर हुँदै छ । मंगलबार दिउँसो ११ः३० बजे होटल म्यारिअटमामा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थिति पनि रहनेछ ।

उपप्रमुख रिजालका अनुसार नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सड ताओले समझदारीमा हस्ताक्षर गर्नेछन । रिजालका अनुसार समझदारीमा उच्च स्तरीय भ्रमण आदान–प्रदान तथा दुई पार्टीवीचको सहयोग, दुबै देशको सम्बन्ध हार्दिक बनाउने र अन्तर्ष्ट्रिय मञ्चहरूमा एकमतका साथ प्रस्तुत हुने लगायतको बुँदा रहेकका छन ।

प्रकाशित मिति : 10:21