८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

चन्द्रबहादुर गुरुङको स्मृति फुटसलको उपाधि सहिद स्‍मारक कलेज एलाई

६ असोज, काठमाडाैँ । राप्रपा नेपालका महामन्त्री एवं पहिलो संविधानसभाका सदस्य चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित फुटसल प्रतियोगिता सहिद स्‍मारक कलेजको टिम ए ले उपाधि जितेको छ। सोमबार समापन भएको प्रतियोगिताको उपाधि सहिद स्मारक कलेजको टिम ए ले हात पारेको हो।  उक्त टिमले सहिद स्मारक कलेजकै बि टिमलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो।

विजयी सहिद स्मारक ए टिमले ट्रफी र मेडलसहित नगद बीस हजार हात पार्‍यो, उपविजेता सहिद स्मारक बी टिमले ट्रफी र मेडलसहित १५ हजार हात पार्‍यो। त्यस्तै कलेज अफ वायोमेडिकल साइन्सेसले नाइटिङ्गेल कलेजलाई ३–० गोलले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको संगठनका उपाध्यक्ष शशी भण्डारीले जानकारी दिए। विजयी र उपविजयी टिमलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं पुर्वगृहमन्त्री बुद्धीमान तामाङ, राप्रपाका सहमहामन्त्री चन्द्रबहादुर गुरुङ र प्रदेश नम्बर ३ कि सांसद रिता माझीले पुरस्कार वितरण गरे ।

समापन समारोहलाई प्रमुख अतिथि बुद्धीमान तामाङ , चन्द्रबहादुर गुरुङ र संगठनका अध्यक्ष महेश सिंहले सम्बोधन गरेका थिए। स्व. गुरुङ अखिल नेपाल फुटबल संघको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्को सदस्य, एसियाली युथ काउन्सीलको उपाध्यक्षलगायत विभिन्न खेलकुद तथा सामाजिक संस्थामा संलग्न थिए।

प्रकाशित मिति : September 23, 2019 at 8:49 pm