कांग्रेस सभापति देउवाले भने ‘राष्ट्रपतिको अभिव्यक्तिले मेरो चित्त दुखेको छैन’, कांग्रेस कार्यकर्ता ट्वाँ !
५ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्न नेपाली कांग्रेसले एक दर्जन पटक प्रयास गरिसकेको छ । राष्ट्रपतिको अभिव्यक्तिको विवाद भनिएको विषय कांग्रेसका लागि नौलो होइन । किनकी उसले यसअघि पनि पटक पटक संस्थाको गरिमामाथि आँच आउनेगरी काम गरिरहेको छ ।
पछिल्लो केहीदिन यता नेपाली कांग्रेसा नेता र कार्यकर्ता एक स्वरमा राष्ट्रपतिको हुर्मत लिन तल्लीन रहेका छन । यद्पी जे विषयमा विवाद गरिरहेको हो त्यसको एउटा पक्ष अर्थात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कुराले आफ्नो चित्त नदुखेकोु बताएका छन्। राष्ट्रपतिको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ताले रूवावासी गरिराख्दा विभिन्न खाले टीकाटिप्पणी भइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने राष्ट्रपतिको कुराले आफ्नो चित्त नदुखेकोु बताएका छन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले आइतवार बीबीसी नेपाली सेवासँगको कुराकानीमा देउवालाइ कुनै समस्या नभएको बताएका हुन । उनले भनेका छन उहाँले राष्ट्रपतिको कुरालाई सामान्य रूपमा लिनुभएको छ। राष्ट्रपतिको कुराले आफ्नो चित्त नदुखेको उहाँले भन्नुभयो, स्वकीय सचिव देउवाले थपे। भानु देवाको यो भनाइपछि धेरै कांग्रेस कार्यकर्ता लुकेका छन । कतिपय अझै राष्ट्रपतिको सत्तोसराप गरिरहेका छन । यहीबीचमा देउवाको स्पष्टिकरण अाएपछि नियोजित रूपमा राष्ट्रपति खनिएका कांग्रेस कार्याकर्ता ट्वाँ परेका छन ।
प्रकाशित मिति : 22:35









