नेकपाले लगायाे ६ महानगरका अध्यक्ष र सचिवकाे टुंगो, काे कहाँ ?
४ असोज, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । बैठकले काठमाडौँ महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिवमा रविन्द्र श्रेष्ठलाई चयन गरेकाे छ ।

यस्तै, ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक पाैडेल सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् । वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिवमा विश्वम्भर शर्मा चयन भएका छन् । त्यसैगरी भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, यसैगरी पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले संगठनिक एकताका बाँकी कामबारे छिट्टै बस्ने अर्को बैठकमा छलफल हुने सञ्चारकर्मीहरुलाई बताए ।
प्रकाशित मिति : 18:57









