११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

 ४ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । गत बिहीवार बोलाइएको सचिवालय बैठक स्थगित भएपछि शनिवार बैठक बोलाइएको थियो । बालुवाटारमा शुरू भएको बैठकमा पार्टी एकता टुंग्याउने विषयमा छलफल हुने जनाइएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकताका क्रममा अझै कतिपय कमिटीको नेतृत्वमा सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सचिवालय बैठकअघि गृहकार्य छलफल गरेका थिए । यसअघिको सचिवालय बैठकले मंसिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 16:57