७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

वाणिज्य बैंकका सहायक प्रवन्धक ५० हजार घुससहित पक्राउ


१० वैशाख, महोत्तरी । महोत्तरीको बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रवन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आज पक्राउ गरेको छ ।आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो ।

बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत रु १० लाख ऋण दिइने भन्दै काफ्लेले सो को पाँच प्रतिशत रकम घुसवापत लिएको सो कार्यालयले जनाएको छ ।

यसअघि पनि काफ्लेले बैंकका सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई विभिन्न शाखाबाट रु ४० लाख निकालेको आरोपमा समेत पक्राउ परेका थिए ।

बैंकिङ कसुर गरेको अभियोगमा काफ्लेसहित शाखाका अन्य कार्मचारीहरूमाथि त्यतिखेर दायर भएको मुद्दा अहिलेपनि जिल्ला अदालत महोत्तरीमा विचाराधिन छ ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार १९:५७