७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

यातायात क्षेत्रमा एकाधिकारको अन्त्य भइसक्योः मन्त्री महासेठ


१० वैशाख, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा विद्यमान एकाधिकारको अन्त्य करीब डेढ दशक अगाडि सर्वोच्च अदालतले गरिसकेको जनाउँदै कुनै पनि हालतमा त्यसलाई कार्यान्वयन गरिने बताएका छन् ।

 

मन्त्री महासेठले यातायात व्यवसायीले प्रचलनमा ल्याएको आलोपालो प्रणाली पनि सरकारले खारेज गरिसकेकाले अब फिर्ता नहुने बताए । एकाधिकारका पक्षमा व्यवसायीले आन्दोलन गरेमा सरकारले वैकल्पिक व्यवस्था गर्ने बताउँदै उनले व्यवसायीले कम्पनी ऐनमा दर्ता भई सरकारले निर्दिष्ट गरेको ऐन नियमानुसार व्यवसाय सञ्चालन गरेमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

ज्येष्ठ नागरिक, महिलालगायतका सिटलाई आरक्षण गरी सो क्षेत्रलाई व्यवस्थित गरिने गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री महासेठले भन्नुभयो, “यातायात क्षेत्रलाई व्यवस्थित बनाउन पाँच लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद हुने गरी विधेयक बनिसकेको छ, त्यसलाई पारित गर्नुपर्छ, धेरै समस्या समाधान हुन्छ । बस, मिनीबसलाई व्यवस्थित गरेपछि ट्याक्सीलाई पनि कम्पनी ऐनमा दर्ता गराइनेछ ।”

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार १९:२४