१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सरकारले राम्रो काम नगरे कम्युनिष्ट ढल्छः उपाध्यक्ष गौतम

१० वैशाख, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकारले राम्रो काम नगरे कम्युनिष्ट ढल्ने बताएका छन् । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आज आयोजना गरेको ‘आर्दश दम्पती पुरस्कार तथा सम्मान’ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।


उपाध्यक्ष गौतमले “यदि सरकारले काम गर्न सकेन भने मुलुकमा कम्युनिष्ट ढल्छ र पाँच वर्षमा पुनःनेपाली काँग्रेस उदाउँछ,” भन्दै वाम गठबन्धनको सरकारले चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार समाजवाद ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

 

उपाध्यक्ष गौतमले नेपाली जनताले यी दुबै कम्युनिष्ट पार्टीलाई अभूतपूर्व शक्ति निर्वाचनबाट प्रदान गरेको उल्लेख गर्दै त्यो शक्तिलाई एकताबाट झन शक्तिशाली बनाउने बताए ।

 

अहिलेको उपलब्धिलाई संस्थागत गरेर वाम गठबन्धनको सरकारले मुलुकलाई समृद्धि बनाउनुपर्छ, उनले भने, “अहिलेको शक्तिलाई सदुपयोग गरेर काम गर्न सक्यौँ भने मुलुक समृद्ध बन्छ ।”

 

सो अवसरमा उपाध्यक्ष गौतमले आर्दश दम्पतीरुपमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र इन्दु ज्ञवाली, एमालेका पूर्वनेता भरतमोहन अधिकारी र सविता अधिकारी तथा बवरजंग थापा र सरस्वती थापालाई सम्मान गरे ।

प्रकाशित मिति : April 23, 2018 at 6:58 pm