७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

पुनःनिर्माणमा सरकार गम्भीर हुन सकेनः नेता नेपाल


१० वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताएका छन् ।

नेता नेपालले भने, “जुन गतिमा भूकम्पपछिको पुनःनिर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन, यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।

“अझै पनि मानिस छाप्रोमा बस्न बाध्य भएका छन्”, उनले भने, “जनतालाई आश्वासन मात्र दिएका छौँ, काम हुन सकेको छैन ।”

नेता नेपालले सरकार जिम्मेवार र संवेदनशील भएर पुनःनिर्माणमा तीव्रता दिनुपर्ने उल्लेख गर्दै दातृ निकायबाट अर्ब रकम पुनःनिर्माणका लागि आए पनि त्यो रकम उपयोग हुन नसकेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भावी पुस्तालाई नेपालको भूकम्पका बारे यो पुस्तकले जानकारी गराउने बताउँदै बाढी, दैवीप्रकोपजस्ता नकारात्मक घटना मात्र नभएर सामाजिक खुशी ल्याउने कुरा लेख्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार १८:२५