७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

उद्योगमन्त्रीले उद्घाटन गरेको कार्यालय नै गायब


१० बैशाख, काठमाडौँ । आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएको पाइएको छ । कारोबार दैनिकका अनुसार व्यवसायीहरुलाई अनलाइनमार्फत कम्पनी दर्ताका लागि वीरगञ्जमा स्थापना गरिएको कम्पनी रजिष्टारको कार्यालयको शाखा कार्यालय हराएको हो ।

निषाधले वीरगञ्जको पानी ट्यांकीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा स्थापना गरेको कम्पनी रजिष्टारको कार्यालयमा अहिले न त सेवाग्राही नै गएका छन् न कर्मचारी नै छन् । कार्यालय स्थापना भएपछि वीरगञ्जका व्यवसायीहरु कम्पनी दर्ताका लागि काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त हुने भन्दै खुसी भए पनि अहिले घरेलु तथा साना उद्योगका कर्मचारीलाई नै यसको कुनै जानकारी छैन ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ०८:०२