विज्ञानको परिभाषा दिँदै पूर्व प्रधानमन्त्री खनालले भने ‘अब सबै क्रान्ति विज्ञान र प्रविधिबाटै हुनुपर्छ’
१ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन । बुधबार काठमाडौँमा भएको राष्ट्रिय विज्ञान दिवसको मुल समारोहमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले व्यवहारद्धार प्रमाणित ज्ञान नै विज्ञान भएकाले यसको उपयोगिताको प्रभावकारिता बढेको बताए । उनले नेपाल विकासको नव यात्रामा अघि बढिरहेको सन्दर्भमा यसको आवश्यकता अझै बढेको बताए । उनले अबका सबै क्रान्तिहरू विज्ञान र प्रविधिको उच्चतम उपयोगबाटै सम्भव रहेको बताए ।

पूर्व प्रधानमन्त्री खनालले कृषिको विकास गर्न नयाँ प्रविधिको आवश्यक पर्ने बताए । उनले माटोको गुणस्तर जान्न मात्र पनि नयाँ प्रविधि चाहिने बताए । भूमिको नाप नक्सा, मौसमको जानकारी लिन, रोगका किटाणुसंग लड्न पनि नयाँ प्रविधि चाहिने बताए । देशव्यापी रूपमा सूचना र सञ्चार प्रणाली स्थापना गर्न पनि नयाँ प्रविधि चाहिने भन्दै उनले मुलुकको प्रतिरक्षा बलियो बनाउन पनि नयाँ प्रविधि आवश्यक रहेको बताए ।

अहिले बिश्वभरि चौथोँ औद्योगिक क्रान्ति भइरहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री खनालले नेपालको आधुनिकीकरण त्यसैको एक अङ्ग रहेको बताए । उनले विज्ञान र प्रविधिको विकासमा नवप्रवर्तन गर्न अनुसन्धानको कामलाई व्यापक बनाउनुपर्नेमा जोड दिए । पूर्व प्रधानमन्त्री खनालले बिज्ञान प्रबिधि सम्बन्धित राष्ट्रिय नीति नै आवश्यक छ रहेको बताए । उनले अमृत प्रधानप्रति श्रद्धाञ्जली अर्पण गरे ।


प्रकाशित मिति : 23:01









