५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

समाजलाई भड्काउने उच्छृङ्खल गतिविधि देखिन थाल्योः पर्यटनमन्त्री भट्टराई

३१ भदौ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गरे ।


मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औँ प्राज्ञ सभालाई काठमाडौँमा उद्घाटन गर्दै उनले भने, ‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ, त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ ।’

मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गराए ।

प्रकाशित मिति : September 17, 2019 at 1:02 pm