१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पार्टी एकतामा ब्रेक नलाग्ने केपी ओलीको उद्घोष, ‘जुत्ता नमिले खुट्टा तासेर मिलाइन्छ’

९ बैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँगको एकतामा ब्रेक नलाग्ने बताएका छन । आइतबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसममा बोल्दै अध्यक्ष ओलीले पार्टी एकीकरण नै भाँडिने खालका बाहिर भएको हल्ला गलत भएको भन्दै माओवादीसँगको एकतामा ब्रेक नलाग्ने स्पष्ट पारे ।

ओलीले जुत्ता किनीसकेपछि मिलेन नहुने भन्दै नमिलेको खण्डमा खुट्टा तासेर भए पनि मिलाउनुपर्ने बताए । उनले भने ‘विगतमा प्रचण्डले पनि मलाई केही भन्नुभयो होला अनि मैले पनि उहाँलाई के–के भनेहोला, तर अब हामी एक ठाउँमा छौं, विगत बिर्सेर हामीले एक हुने घोषणा गरिसकेका छौं, अब हामी अघि जाने गाडीमा चडिसक्यौं पछाडि फर्कने ठाउँ छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नरहेको पनि बताए ।

प्रकाशित मिति : April 22, 2018 at 7:31 pm