१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

मनकामना केबुलकार भदाै २२ देखि २६ गतेसम्म बन्द हुने

२० भदाै, काठमाडाैँ । मनकामना केबुलकार भदाै २२ देखि २६ गतेसम्म बन्द हुने भएको छ । पाँच दिनका लागि मनकामना केवलकार बन्द गर्न लागिएको हो । मनकामना दर्शन प्रालिले सञ्चालन गरिरहेको केबलकार मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको बताइएको छ ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतको काम हुँदैछ ।  केवलकार २० वर्षअघि निर्माण गर्ने अस्ट्रियाको डोप्पलमेरले नै मर्मतको काम गर्दैछ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार ०९:१९