१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

अब एटीएमबाट एक पटकमा २० हजार र एक दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने

१९ भदौ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट झिक्न मिल्ने रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरले नेपाल र भारतबाट एटीएम ह्याक गरी ७ वटा बैंकको ३ करोड रुपैयाँ भन्दा धेरै पैसा लुटेपछि राष्ट्र बैंकले एटीएमबाट झिक्न मिल्ने रकमको सीमा घटाएको हो ।

राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा न्यूनतम पाँच सय रुपैयाँ र बढीमा २० हजार रुपैयाँ भन्दा धेरै पैसा एटीएमबाट झिक्न नपाइने जनाएको छ ।

यो सीमालाई बैंकहरुले घटाउन पनि सक्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न मिल्थ्यो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार १९:३७