१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

ह्याक भएर अधिकांश बैंकका एटीएम नचलेपछि राष्ट्रबैंकले बाेलायाे आकस्मिक बैठक

१५ भदौ, काठमाडौँ । ह्याक भएर अधिकांश बैंकका एटीएम नचलेपछि नेपाल राष्ट्रबैंकले आकस्मिक बैठक बाेलाएकाे छ । केहिबेरमा बैठक बस्ने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी जानकारी दिए । नक्कली एटीएम कार्डबाट पैसा निकालेको थाहा पाएपछि सो बारे बुझ्न बैठक डाकिएकाे राष्ट्र बैंकले जनाएकाे छ ।

प्रहरीले शनिवार साँझ दरबारमार्गस्थितबाट ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेका थियो । पक्राउ परेका उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ नगद र १० हजार युएस डलर समेत बरामद भएको थियो । बैंकको एटीएमबाट अनाधिकृतरुपमा रकम झिकिएको खबर बाहिररिएसँगै अधिकांश बैंकहरुको एटीएममा समस्या देखिएको हाे ।

बैंकहरुले ह्याक प्रकरणले भन्दा पनि गेट वे सर्भरमा समस्या आएपछि एक दिन अर्थात् २४ घण्टाका लागि सम्पूर्ण एटीएम डाउन हुन सक्ने बताएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार १३:१२