३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सुडान घोटाला काण्डका नेपाल एजेन्ट शम्भु भारती भैंसेपाटीबाट पक्राउ

१३ भदौ, काठमाडौँ । सुडान घोटाला काण्डमा मुछिएका नेपाल एजेन्ट शम्भु भारती पक्राउ परेका छन् । भारतीलाई शुक्रबार विहान  भैंसेपाटीबाट केन्द्रीय अनुसन्धान ब्यूरोकाे टाेलीले पक्राउ गरेकाे हाे ।

सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न  विशेष अदालत काठमाडौँले निर्देशन दिएको थियो ।

ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई विशेष अदालतले १ वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो । ठेकेदार भारतीको कैद र जरिवाना सर्वोच्चले पनि सदर गरिदिएको थियो । भारती त्यसयता फरारको सूचीमा रहेको थिए । सर्वोच्च अदालतले २०६४ को बहुचर्चित सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो ।

प्रकाशित मिति : August 30, 2019 at 10:56 am