८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

काठमाडाैँमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, धादिङका रविन श्रेष्ठ पक्राउ

१२ भदौ, काठमाडौँ । काठमाडाैँकाे कलंकीमा एक किशाेरीमाथि सामुहिक बलात्कार भएकाे छ । प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेकाे छ ।

दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर उनीहरुले बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएकाे छ । प्रहरीले थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

प्रकाशित मिति : August 29, 2019 at 12:51 pm