सडक किनारमा रोकेको यातायातमन्त्री महासेठको गाडीमा ह्वील लक, ट्राफिक कारबाहीमा पर्यो गाडी
११ भदाै, काठमाडाैँ । ट्राफिक नियम मिच्ने भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडी कारबाहीमा परेको छ । नयाँबानेश्वर चोकमा पैदलयात्रु हिड्ने बाटोमा चढाएर राखिएको मन्त्री महासेठको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको हो । सवारी सम्बन्धी नीति नियम बनाउने र कार्यान्वयनमा ट्राफिक प्रहरीसँग समन्वय गर्नुपर्ने निकायका मन्त्री महासेठले नै ट्रफिक नियम उलघंन गर्नु र उनको गाडी कारबाहीमा पर्नुलाइ अचम्म नै मानिएको छ । धेरैजसो नेता र मन्त्रीहरू ट्राफिक नियम मन्दैनन् जुन कुरा सडकमा देखिने गरेको छ ।

नीति नियम नमान्ने र जवर्जस्ती गर्ने राजनीतिज्ञको सूचीमा अग्रपंक्तीमा रहेका महासेठको यो नै पहिलो कमजोरी भने होइन । तर बनेश्वर चोकमा राकिरखेको यो गाडीलाइ कारबाही गर्ने ट्राफिक प्रहरीको हिम्मतलाई भने धेरैले ह्रदयदेखि नै सलाम गरेका छन । सडक किनारमा नियमविपरित रोकिराखेको मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले ह्ववील लगाइदिएका छन । यो तस्बीर अहिले समाजिक सञ्जालमा भाइरल भरहेको छ । यो तस्बीर नागरिक खबर डटकमका धनबहादुर फागोले खिचेका हुन ।
यो पनि पढ्नुहोस्
-ट्राफिक नियम मान्ने झण्डावाल गाडी, जसको भित्र हुन्छन श्रममन्त्री गोकर्ण विष्ट
प्रकाशित मिति : 20:30









