विवादित विधेयकमा सहमति जुटाउ नेकपा अध्यक्ष प्रचण्डकै निवासमा नेताहरू बिच छलफल
११ भदाै, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा पार्टीका नेताहरुलाइ बोलाएर विवादित केही विधेयकबारे परामर्श गरेका छन् । अध्यक्ष दाहालले नागरिकता विधेयक र भूमिसम्बन्धि आठौँ संशोधन विधेयककाबारेमा छलफल गरेका छन् ।

मङ्गलबार मात्रै नेपाल नागकिरता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति हुन बाँकी विषयहरुमा सहमति जुटाउन गठित संसदको राज्य व्यवस्था तथा सुशासन समिति अन्र्तगतको उपसमितिले अपुरो प्रतिवेदन बुझाएको थियो । विधेयक र भूमि सम्बन्धि आठाैँ संशोधन विधेयकका बारेमा परामर्श गर्न अध्यक्ष प्रचण्डले छलफलको लागि बोलाएको छलफलमा सहभागीले जनाएका छन्।
भूमि सम्बन्धि विधेयकमा पहिलो, भूमि समस्या, सुकुम्बासीको समस्यामा उचीत ढंगले छलफल गरेर नै हल गर्ने र दोस्रो, यसबारे नकारात्मक प्रचार हुन नदिनका लागि केही बुँदा संशोधन गर्नेबारे दुई विकल्पमा छलफलको थियाे ।
छलफलमा सचिवालयका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ्, देव गुरुङ् र भूमिसुधार मन्त्री पद्मा अर्याल थिए ।
प्रकाशित मिति : 15:23









