८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

अपराधी पत्ता लगाउने काम प्रहरीको होः रवि लामिछाने

१० भदाै, काठमाडाैँ । १० दिन हिरासतमा बसेका रवि लामिछाने सोमबार ५ लाख धरौटीमा रिहा भएका  सँगै ३ मिनेटमा अपराधी पत्ता लगाउँछु भनेका उनले छुटेपछि बाेली फेर्दै अपराधी पत्तालगाउने काम प्रहरीकाे रहेकाे बताएका छन्।

मंगलबार गरिएको पत्रकार सम्मेलनमा आफुलाई फसाइएको बताउने लामिछाने पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका थिए ।

हिरासतमा रहेका बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएका थिए । अहिले भने  रविले त्यसको जिम्मा प्रहरी प्रशासनको भएको बताएका छन् ।

 

प्रकाशित मिति : August 27, 2019 at 5:47 pm