कोरम नपुगेर प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठक स्थगित
१० भदौ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बोलाइएको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा सांसदहरु नअाएपछि नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको थियाे तर बैठकमा कोरम नपुगेर स्थगित भएको हो ।
उपसमिति संयोजक विजय सुब्बाले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पहिले रहेका विवाद अझै यथावत रहेको बताए । ‘वैवाहिक अंगीकृतबारे जुन विवाद थियो । त्यसमा सहमति जुटेको छैन । जस्ताको तस्तै समितिमा बुझाउनेछौं ’ उनले भने ।
प्रकाशित मिति : 14:43









