८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नुवाकोटको किस्पाङमा विद्यालयबाट फर्कदै गरेका एक बालक खोलामा बेपत्ता

१० भदाै, नुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएकामा खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन ।

विद्यालयबाट फर्केका तीनमध्ये घलेलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ । किस्पाङको वडा नं १ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा नं ३ को काहुलेतर्फ जाने उक्त खोलामा पुल नहँुदा वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हुँदै आएको स्थानीयवासी भीमबहादुर घलेले बताउनुभयोे ।

प्रकाशित मिति : August 27, 2019 at 1:34 pm