८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

रविले सिधाकुरा जनतासँग कार्यक्रममा पुडासैनी मृत्यु प्रकरणबारे बहस गर्न नपाउने

९ भदाै, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । रिहा भएसँगै उनलाई मुद्दाको किनारा नलागेसम्म यसअघि न्युज २४ टेलिभिजनबाट सञ्चालन हुँदै आएको सिधाकुरा जनतासँग कार्यक्रममा पुडासैनी मृत्यु प्रकरणबारे बहस गर्न नपाइने आदेश दिइएको अदालतका सेरेस्तेदार रूद्रमणी गिरीले जानकारी दिएका छन् ।

जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले गरेको फैसलामा रवि र युवराज विदेश जाँदा अदालतको अनुमति लिएर जानुपर्ने आदेश जारी गरिएको छ साथै उनले चलाउँदै आएको सिधा कुरा जनतासँग कार्यक्रम समेत रोक्न आदेश दिइएको छ ।

त्यस्तै लामिछानेले सार्वजनिक कार्यक्रमसमेत गर्न नपाउने भएका छन् । अदालतको अनुमतिमा लामिछानेले यूटुब टेलिफोन वा अन्य सञ्चार माध्यमबाट शालिकराम मृत्यु प्रकरण र यस मुद्दासम्बन्धी कुनै कार्यक्रम चलाउन नपाउने गरी फैसला भएको छ ।

प्रकाशित मिति : August 26, 2019 at 7:05 pm