८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

अस्मिताकाे बयान सकियाे,रवि र युवराजकाे बयान भाेलि

८ भदाै, चितवन । पत्रकार सालिकराम पुडासैनीलाइ आत्महत्या दुरूत्साहन गरेकाे अभियाेगमा पक्राउ परेकी रूकु भनिने अस्मिता कार्कीकाे आज चितवन जिल्ला अदालतमा बयान लिइएकाे छ । सरकारी वकिलकाे कार्यालयले आज आत्महत्या दुरूत्साहन अभियाेगमा मुद्दा दर्ता गरेपछि अभियुक्तहरूकाे बयान लिन सुरू भएकाे हाे ।

साे क्रममा आज पहिलाे बयान अस्मिता कार्कीकाे लिइएकाे चितवन जिल्ला अदालतका श्रैष्तेदार रूद्रमणि गिरीले जानकारी दिए । उनले आज समय अभाबका कारण बाँकी दुई जना रवि लामिछाने र युवराज कँडेलकाे भाेलि विहान १० बजेबाट बयान लिइने जनाएका छन् । दुई जनाकाे बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।

प्रकाशित मिति : August 25, 2019 at 6:26 pm