रवि लामिछानेसहित तीनविरूद्ध आत्महत्यामा दुरुत्साहन मुद्दा, पाँच वर्ष कैद र ५० हजार जरिवाना !
८ भदाै, चितवन । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरूद्ध आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले मुद्दा दर्ता भएको पुष्टि गर्दै बयान सुरू भएको बताएका छन । मुद्दामा तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ ।

पुडासैनीले आत्महत्या गर्नुमा पर्याप्त प्रमाण भेटिएकाले मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दर्ता भएकाले अव थुनछेक बयान सुरू भएको छ । बयानपछि थुनामै राखेर मुद्दा चलाउने, धरौटी माग्ने वा साधरण तारेखमा छोड्नेबारे बहस हुनेछ । बहसपछि मात्रै अदालतले आवश्यक निर्णय लिनेछ । मुद्दा न्यायाधीश हेमन्त रवालको ईजालासमा १नम्बर बेन्चमा बहस हुँदैछ । गत २० साउनमा पत्रकार पुडासैनी आत्महत्या अगाडि दिएको भिडियो रेकर्डका आधारमा उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : August 25, 2019 at 4:13 pm









