रविको ग्रहदशा काट्न ज्योतिषसहित हिरासत पुगिन् निकिता,राेए कलाकारहरू
८ भदाै, काठमाडाैँ । पति रविको ग्रहदशा कटोस् भन्दै पत्नी निकिता पौडेल काठमाडौंबाटै ज्योतिष लिएर भरतपुर प्रहरी हिरासत गएकी छन् । शनिबार निकिताले भरतपुरमै बाहिर मन्दिरमा रविको ग्रहदशा हटोस् भन्दै पूजापाठ गराएकी हुन् ।
पूजापाठ गरेपछि प्रहरी हिरासतमा रहेका रविलाई ज्योतिषले टीका र चन्दन लगाइदिएका थिए । रविलाई अहिले साढे सातको दशा लागेकाले पनि मुद्दा मामिला लाग्न सक्ने ज्योतिषहरूले भविष्यवाणी गर्दै आएकाे कारण निकिताले ज्योतिषलाई लिएर रविकहाँ पुगेकी हुन् ।
रविलाई भेटेर फर्किंदा कलाकार निर्देशक दीपाश्री निरौलाको आँखाभरि आँशु देखिएको थियो । उनी बाहिर सञ्चारकर्मी र भित्र रविलाई भेट्दा पनि रोएकी थिइन् ।
प्रकाशित मिति : August 25, 2019 at 1:00 pm









