रवि लामिछानेसहित तीनै जनालाई आत्महत्या दुरूत्साहन बमाेजिम सजाय हुने
८ भदाै, चितवन । पत्रकार सालिकराम आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीनै जना विरूध्द चितवन जिल्ला अदालतमा अभियाेग पत्र दायरका निम्ति प्रहरीले सरकारी वकिललाइ अनुसन्धान फाइल हस्तान्तरण गरेको छ । प्रहरीले शालिकरामको आत्महत्या दुरूत्साहन बमाेजिमकाे सजाय मागदाबीसहितको अनुसन्धान फाइल तयार पारेको छ ।
केन्द्रिय अनुसन्धान व्यूराे सिआइबीकाे टाेलीले अनुसन्धान पुरा गरेपछि आज अनुसन्धान प्रतिवेदन सरकारी वकिलकोमा हस्तान्तरण गरेको हो । अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइ सकेकाे सिआइबीका प्रहरी उपरीक्षक दिपक रेग्मीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन ।

शालिकराम पुडासैनीले झुण्डिएर आत्महत्या गरेपछि लामिछानेसहित अन्य दुई जनालाई चितवन प्रहरीले गत साउन ३० गते राति पक्राउ गरेको थियो । पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।
प्रकाशित मिति : August 25, 2019 at 12:38 pm









