रविलाई अदालत लगियो, म्याद थप बारे यस्ताे रहेछ कुरा
८ भदौ, चितवन । पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेसहित तीन जनालाइ अदालत लगिएको छ । आज बिहान १० बजे अदालत लगिएको हाे । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद खाज सकिएको छ ।

लामिछाने विरूध्द सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको स्रोतले जनाएको छ । लामिछाने विरूध्द अभियोग पत्र दायर सँगै आजदेखी नै सरकारी वकिल र लामिछाने लगाएतका वकिलबिच बहस सुरू हुनेछ । यदि आज बहस नसकिए भदौ ९ गते पनि बहस हुने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतका न्यायधीले जनाएका छन् ।
शालिकराम पुडासैनीले झुण्डिएर आत्महत्या गरेपछि लामिछानेसहित अन्य दुई जनालाई चितवन प्रहरीले गत साउन ३० गते राति पक्राउ गरेको थियो । पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछानेलाई फसाउन खोजिएको आशंकामा साउन ३१ गतेदेखि नै भरतपुर क्षेत्रमा प्रदर्शन भएको थियो ।
पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।
प्रकाशित मिति : August 25, 2019 at 11:50 am









