८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

शालिकराम पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेसहित तीन जनाको म्याद आज पनि थपिदैँ

८ भदाै, चितवन । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका  टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाको म्याद आज पनि थपिदैँ छ । अनुसन्धान प्रक्रिया नसकिएका कारण आज पनि प्रहरीले म्याद थपका निम्ति लामिछानेसहित तीन जनालाइ अदालतमा उपस्थित गराउँदै छ ।

अनुसन्धान प्रक्रिया नै प्रभावित पार्ने उद्देश्यले रवि समर्थकहरूले सडकमा प्रदर्शन जारी राखे पनि प्रहरीले गम्भीर ढंगले आत्महत्या प्रकरणमा अनुसन्धान गरिरहेको छ । यसअघि पहिलो पटक पाँच दिनका लागि लमिछानेसहित तीन जनालाइ नै हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले अनुमति दिएको थियो ।

अनुसन्धानका धेरै काम बाँकी नै रहेकाले आरोपितहरूलाइ अाज पनि म्याद थपका निम्ति अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय चितवन स्रोतले जनाएको छ ।

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।

प्रकाशित मिति : August 25, 2019 at 9:10 am