सुनका गरगहना र नगद चोरी गर्ने दुईजना पक्राउ
६ भदाै, भक्तपुर । चाँगुनारायण नगरपालिका–८ रानीवारीस्थित सुमन खत्रीको घरबाट सुनका गरगहना र नगद चोरी गरी फरार भएका दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले चोरीका सामानसहित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २३ वर्षीय दीपक गिरी र चाँगुनारायण नगरपालिका–६ का २४ वर्षीय बुद्ध तामाङलाई पक्राऊ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट साढे चार तोला सुनका गहना, पाँच थान मोबाइल, एक थान घडीलगायतका सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । प्रहरीले दुबै जनालाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान थालेको छ ।
प्रकाशित मिति : August 23, 2019 at 7:04 pm









