प्रचण्ड देखाएर ८० करोड बक्यौता नतिरेपछि सुमार्गीको स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज
२ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भुत देखाएर विभिन्न खालका कानुनी कारबाहीबाट टाढिदैँ आएका व्यापारी अजेयराज सुमार्गीको दुरसञ्चार कम्पनीको लाइसेन्स सरकारले खारेज गरिदिएको छ । सुमार्गीको नेपाल स्याटेलाइट कम्पनीले ८० करोड रूपैयाँ बक्यौता नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गरेको हो ।

प्राधिकरणले दिएको म्यादमा बक्यौता तिर्न नसकेपछि अनुमति पत्र खारेज गरिएको जनाएको छ । प्राधिकरणबाट नेपाल स्याटेलाइटले ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो। उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पु¥याउने शर्तमा २०६४ फागुन ५ मा अनुमतिपत्र पाएको थियो । तर उसले ब्क्यौता तिर्ने भन्दा पनि राजनीतिक शक्ति देखाएर छल्ने र ढाँड्ने गर्न थालेपछि प्राधिकरणले लाइसेन्स खारेज गरिदिएको हो । असार मसान्तसम्म बक्यौता नबुझाउनेलाई प्राधिकरणले १० दिने स्पष्टीकरण समेत सोधेको थियो ।
प्रकाशित मिति : August 19, 2019 at 6:38 pm









