धादिङबाट ९ जना जुवाडे ४९ हजारसहित पक्राउ
२ भदौ, धादिङ । धादिङकाे निलकण्ठ नगरपालिका-३ पहरेचौताराबाट ९ जना जुवाडे पक्राउ परेका छन् । पहरेचौताराका भवन मानन्धरको कोठामा जुवातास खेलिरहेको अवस्थामा मानन्धरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
उनिहरूकाे साथबाट नगद ४९ हजार १ सय ५५ रुपैयाँ र तीन बुक तास बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । उनिहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे । पक्राउ परेकाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रकाशित मिति : August 19, 2019 at 5:45 pm









