पत्रकार पुडासैनी मृत्यु प्रकरणः भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा
२ भदौ, चितवन । नुवाकाेटका पत्रकार सालिकराम पुडासैनीकाे मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि संञ्चारकर्मी रवि लामिछाने,युवराज कंडेल र नर्स रूकु भनिने अस्मिता कार्कीलाइ नियन्त्रणमा लिएकाे थियाे । त्यसै सिलसिलामा रवि रामिछाने रिहाकाे माग गर्दै लामिछानेका समर्थकहरूले दिनहुँ जसाे प्रदर्शन हुनथालेपछि प्रहरीले शाेमबार भरतपुरकाे चाैबीसकाेठीदेखी मालपाेल चाेकसम्म निषेधित क्षेत्र घाेषणा गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको जानकारी दिए । निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।
पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको मृत्यु रहस्मय भएकाले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्दै आइरहेको छ । यसबारे पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ । पत्रकार लामिछानेसहितका तीनमाथि जिल्ला प्रहरी कार्यालय, चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको हाे ।
प्रकाशित मिति : August 19, 2019 at 11:29 am









