७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

शक्ति बढाउन बालककाे घाँटी रेटेर बलि दिन उक्साउने झाँक्री जंगली पक्राउ

१ साउन, धनुषा । धनुषाको मिथिला नगरपालिकाबाट बालकलाइ बलि दिन उस्काउने झाँक्री जंगली महतो पक्राउ परेका छन् । वैशाख २३ गते मिथिला नगरपालिका-६ बस्ने सम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको बलि दिएकाे घटनामा मुछिएपछि फरार रहेका ५५ वर्षका झाँक्री महतो पक्राउ परेका हुन् । पक्राउ परेका झाँक्री मिथिला नगरपालिका-७ कुसुमबिसौनाका बासिन्दा हुन् ।

फरार झाँक्री महतोलाई बिहीबार घरबाटै ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका झाँक्रीमाथि अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । शक्ति बढाउन भन्दै झाँक्री विद्या सिक्दै गरेका छिमेकी गाउँका ५५ वर्षीय सत्रुधन महतोले गएकाे वैशाख २३ गते राति बालक आर्यनलाई घरेलु हतियार प्रयोग गरी घाँटी रेटेर बलि दिएका थिए ।

प्रकाशित मिति : August 18, 2019 at 1:15 pm