७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

निषेधित क्षेत्र तोड्न खोजेपछि लामिछाने समर्थक र प्रहरीबीच झडप, प्रहरीको गस्तीको गाडी तोडफोड

३२ साउन, काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढाका छन् ।  प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ ।

 

प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको हाे । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिहीबार साँझ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : August 17, 2019 at 12:48 pm