७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

जीप दुर्घटनामा परी पत्रकार डायलसन अधिकारीको मृत्यु, ४ जना घाइते

३२ साउन, राजविराज । जीप दुर्घटनामा गरी पत्रकार डायलसन अधिकारीको मृत्यु  भएकाे छ । सप्तरीको कञ्चनरुप गाउँपालिका नगरपालिका ११ मा बक्साहामा बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।

पत्रकार अधिकारी रेडियो नेपालमा कार्यरत थिए । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ । पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ जाँदै थियो ।

प्रकाशित मिति : August 17, 2019 at 12:16 pm