७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

नुवाकाेटका पत्रकार सालिकराम पुडासैनीका लागि न्यायकाे माग गर्दै चितवनमा प्रदर्शन

३२ साउन, चितवन । नुवाकाेटका पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न र सुडासैनीकाे लागि न्यायकाे  माग गर्दै शनिबार बिहान चितवनकाे चौबिसकोठीमा युवाहरूले प्रदर्शन गरेका छन् । ‘स्वतन्त्र युवा समूह’ले प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन्।

समूहले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : August 17, 2019 at 11:29 am