२८ बैंकले कमाए ६५ अर्ब ३९ करोड नाफा
साउन ३२, काठमाडौं–२८ वाणिज्य बैंकले आर्थिक वर्ष ०७५–७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ०७४–७५ को तुलनामा बैंकहरुकोे खुद नाफा २४.४८ बढेको हो । ०७४–७५ मा बैंकहरुले ५२ अर्ब नाफा कमाएका थिए । ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन्।

कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ। आव ०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष राष्ट्र बैंकले निक्षेप र कर्जामा औसत भारित ब्याजदर अन्तर (स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भए पनि वाणिज्य बैंकले गत आवमा उच्च स्प्रेडदर (५.७ प्रतिशत) राखेर नाफा बढाएको देखिन्छ । अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रकाशित मिति : August 17, 2019 at 8:00 am









