रवि लामिछानेका समर्थकद्धारा चितवनकाे प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार, ५ जना प्रहरी घाइते
३१ साउन, काठमाडौँ । रवि लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा गरेका छन् । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार गर्दा ५ जना प्रहरी घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्याँस हानेको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालतबाट उनीहरुमाथि थप अनुसन्धान गर्न ५ दिनकाे म्याद लिइएकाे थियाे ।
प्रकाशित मिति : August 16, 2019 at 7:42 pm







