राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सवार हेलिकप्टर रुकुमपूर्वमा आकस्मिक अवतरण
३१ साउन, काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सवार हेलिकप्टर रुकुमपूर्वमा आकस्मिक अवतरण गरिएको छ । तिमिल्सिना सवार हेलिकप्टरलाई मौसममा खराबी भएर उडान भर्न नसकिने भएपछि रुकुमपूर्वको भुमे गाउँपालिका–६ मा अवतरण गरिएको हो ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित हेलिकप्टर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । ‘भुमेबाट अध्यक्षज्यू सदरमुकाम पुगिसक्नुभएको छ, आज यतै बस्नुहुन्छ,’ शर्माले भने ।
बाग्लुङमा ढोरपाटन महोत्सव उद्घाटन गर्न जाने क्रममा मौसम खराब भएपछि अध्यक्ष तिमिल्सिनाको टोली सवार हेलिकप्टर आकस्मिक अवतरण गरिएको थियो । हेलिकप्टर गाउँपालिकाको स्थानीय विद्यालयको प्राङ्गणमा अवतरण गरिएको थियो ।
प्रकाशित मिति : August 16, 2019 at 6:48 pm







