७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतकाे आदेस

३१ साउन, चितवन । नुवाकाेटका  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषयमा चितवन जिल्ला अदालतले पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई ५ दिन हिरासतमा राख्न आदेस दिएकाे छ ।

लामिछानेलगायतको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोख्रेलसहित दुई स्थानीय वकिलले बहस गरेका छन् । वादीका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलले १० दिनको म्याद थप्न माग गरे पनि अदालतले पाँच दिनको म्याद थपेर अनुसन्धान गर्ने निर्णय गरेको थियो । कानुनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ ।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीन जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको थियो ।

प्रकाशित मिति : August 16, 2019 at 3:30 pm