१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

नेकपाको उपाध्यक्षमा बामदेव गौतम, प्रचार विभागमा नारायणकाजी श्रेष्ठ

३१ साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेकाे हाे । त्यस्तै, प्रचार विभागमा नारायणकाजी श्रेष्ठकाे नाम टुंगाे लागेकाे छ ।

त्यस्तै, विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेकाे छ ।

 

प्रकाशित मिति : 15:12