नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल
३१ साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभाग प्रमुखकाे जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय भएकाे छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो ।

शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा स्कुल विभागको प्रमुखको टुंगो लागेको स्राेतले बताएकाे छ ।
नेकपाकाे संगठन विभाग प्रमुखको जिम्मेवारी भने बामदेव गौतमले पाएका छन् । त्यस्तै, विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ ।
प्रकाशित मिति : 14:46









