रवि लामिछानेकाे रिहाइको माग गर्दै समर्थकद्वारा चितवनमा प्रदर्शन
३१ साउन, काठमाडौं । नुवाकाेटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा मुछिएका रवि लामिछानेको रिहाइको माग गर्दै उनका समर्थकले शुक्रबार चितवनमा प्रदर्शन गरेका छन् ।
पक्राउ परेका लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।

प्रकाशित मिति : August 16, 2019 at 1:20 pm







